> समाज > प्यूठानमा चट्याङ लागेर २ जना घाइते


प्यूठानमा चट्याङ लागेर २ जना घाइते

प्यूठान, १९ असार । प्यूठानमा चट्याङ लागेर २ जना घाइते भएका छन् ।

शुक्रबार विहान करिव २ वजे परेको चट्याङ लागेर प्यूठान गौमुखी गाउँपालिका–३ ढाड्खोली निवासी ४३ वर्षिया कुल वहादुर सुनार र उहाँका भाई ३७ वर्षिय लक्ष्मण सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।

घरमै सुतिरहेको समयमा चट्याङ लागेर घाईते भएको उहाँले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल विजुवार ल्याइदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *