> समाज > माण्डबी गाउँपालिकामा कोरोना संक्रमितको संख्या ७८ पुग्यो


माण्डबी गाउँपालिकामा कोरोना संक्रमितको संख्या ७८ पुग्यो

प्यूठान, १५ असार । माण्डबी गाउँपालिकामा कोरोना संक्रमितको संख्या ७८ पुगेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा माण्डबी गाउँपालिका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै पालिकामा कोरोना संक्रमितको संख्या ७८ पुगेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । जसमध्ये १ जना निको भएर घर फर्किसकेका छन् । यस्तै गौमुखी गाउँपालिकाका २ र झिम्रुक गाउपालिकाका १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या २९९ पुगेको छ । जसमध्ये नौवहिनि गाउँपालिकाका १६ जना, सरुमारानी गाउँपलिका १ जना र माण्डबी गाउँपालिकाका १ जना निको भएर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *