> सम-सामायिक > झिम्रुक गाउँपालिकामा कोरोना संक्रमितको संख्या ८ पुग्यो


झिम्रुक गाउँपालिकामा कोरोना संक्रमितको संख्या ८ पुग्यो

प्यूठान, १५ असार । झिम्रुक गाउँपालिकामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा झिम्रुक गाउँपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै पालिकामा कोरोना संक्रमितको संख्या ८ पुगेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । यस्तै गौमुखी गाउँपालिकाका २ र माण्डवी गाउपालिकाका १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या २९९ पुगेको छ । जसमध्ये नौवहिनि गाउँपालिकाका १६ जना, सरुमारानी गाउँपलिका १ जना र माण्डबी गाउँपालिकाका १ जना निको भएर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!