> राष्ट्रिय > ‘छोरा हो की छोरी छुट्याउन सकिँदैन’, अपूर्ण शिशुको जन्म


‘छोरा हो की छोरी छुट्याउन सकिँदैन’, अपूर्ण शिशुको जन्म

झईन्द्र भण्डारी
प्यूठान, ६ असार । स्वर्गद्वारी नगरपालिका–६ टिमीले प्यूठानमा एक अपूर्ण (अपांग) शिशुको जन्म भएको छ । गए राती जन्मिएको शिशुको यौनाङ्ग र मलद्वार अपूर्ण छ ।

दिसापिसाब गर्न समस्या देखिएको शिशु छोरा हो कि छोरी समेत छुट्याउन सकिँदैन । टिमिले शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको निगरानीमा घरमै शिशुको जन्म भएको बुवा चन्द्र घर्तिमगरले जानकारी दिनुभयो ।

‘स्वास्थ्य केन्द्र ल्याउँदै हुनुहुन्थ्यो ।’ ,स्वास्थ्य केन्द्रका अहेव दिलमाया अधिकारी, भन्नुभयो, ‘पानी परिरहेकोले बाटो अफ्ठ्यारो भएपछि स्वास्थ्य केन्द्र नजिकै एक घरमा शिशुको जन्म भएको हो ।’ अपुर्ण शिशुको जन्म भएको उहाँले जानकारी दिनुभयो ।

थप उपचारका लागि आर्थिक अवस्था कमजोर भएकाले समस्या भएको परिवारले जनाएको छ ।

घटना बारे जानकारी प्राप्त भएको भन्दै वडा अध्यक्ष गिरबहादुर गुरुङले शिशुको उपचारको लागि पहल शुरु भएको जानकारी दिनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र भिंगृका चिकित्सकहरुको समन्वयमा नेपालगन्ज मेडिकल कलेज पठाउने तयारी भइरहेको नगर प्रमुख नेत्रबहादुर रोकायले बताउनुभयो । आवश्यक सहयोग नगरपालिकाले गर्ने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *