प्यूठान, १ असार । जिल्लामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।
आज सरुमारानी गाउँपालिका–२ मा तीन जना संक्रमित भेटिएसँगै जिल्लाभर कोरोना संक्रमितको संख्या ३५ पुगेको हो ।
माण्डवी गाउँपालिकामा १६ जना, प्यूठान नगरपालिकामा १० जना, सरुमारानी गाउँपालिकामा ४ जना, स्वर्गद्धारी नगरपालिकामा ३ जना र ऐरावती गाउँपालिकामा २ जना संक्रमित भेटिएका छन् ।
माण्डवी गाउँपालिकामा भेटिएका एक जना संक्रमित बंगलाचुली गाउँपालिकाको भएको पालिकाले जनाएको छ ।
