> समाज > तपाईको माक्स खोइ ? अभियान प्यूठानमा निरन्तर


तपाईको माक्स खोइ ? अभियान प्यूठानमा निरन्तर

अनुज पछाई , प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले जिल्लाको सदरमुकाम खलंगाबाट शरु गरेको तपाईको माक्स खोई ? कार्यक्रम प्यूठानका विभिन्न ठाउँहरुमा गर्दै आएको छ ।

प्यूठानका प्रमुख ब्यापारिक केन्द्र बिजुवार , बाग्दुला , जुम्रि ,मच्छि ,खलंगा ,जस्पुर ,भिग्री, बड्डाडा लगाएको ठाउँमा उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


प्यूठानका मुख्य ब्यापारिक केन्द्रमा रहेका अस्थायी प्रहरी विटले बजार क्षेत्रमा पनि तपाईको माक्स खोइ ? भन्ने कार्यक्रम चलाएको हो । दोस्रो लहरको कोरोना संक्रमण केहि कम भएसंगै “ओमिक्रोन” भाइरसको सचेतनासंगै जिल्ला प्रहरी कार्यालय प्यूठानले जिललाका विभिन्न बजार क्षेत्र र सडकहरुमा नै पुगेर यस्तो कार्यक्रम चलाएको हो ।

सडकमा गुड्ने सवारी साधन, पैदल यात्रु र बजार क्षेत्रका सर्वसाधारणलाई तपाइको माक्स खोइ ? भन्ने कार्यक्रम मार्फत सचेतना सहित केही माक्स सेनिटाइजर वितरण गरेको अस्थायी प्रहरी विटका जुम्रिका इन्चार्ज दिपक पाण्डेले बताउनुभयो । पैदल यात्रा गर्दा होस वा सवारी साधनमा यात्रा गर्दा होस अनिवार्य माक्स प्रयोग गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ ।


कोरोना संक्रमित हुनबाट बचौ, अरुलाई पनि बचाउ भन्ने नारा सहित प्रहरीले सर्वसाधरणलाई सचेत गराएको छ ।
पछिल्लो समय बिदेशबाट देवाली मनाउनको लागी जिल्ला भित्रने ब्यक्ति धेरै रेकाले कोरोना संक्रमणबाट पनि प्यूठान उच्च जोखिममा हुन सक्ने भन्दै प्रहरीले पहिलो चरणमा माक्स लगाउन र सेनिटाईजरको प्रयोग गर्न सचेत गराएको बताइएको छ ।

हाल सम्म प्यूठानमा ३ हजार ९ सय ५१ बढी सङक्रमित भइसकेका छन् भने ८९ ( ६० महिला र २९ पुरुष) जनाको निधन भइसकेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मदुसुदन खडकाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *