समाज

प्यूठानमा क्वारेन्टिनमै जन्मियो शिशु

बासुदेब गिरी
प्यूठान, ३१ जेठ ।  प्यूठानकी एक गर्भवती महिला क्वारेन्टिनमै सुत्केरी हुनुभएको छ ।

नौवहिनी गाउँपालिका वडा नम्बर ७ खानीगाउँ स्थायी घर भएको १८ वर्षीया सरस्वती पुनले करिब राती १२ बजे क्वारेन्टाइनमै शिशुलाई जन्म दिनुभएको हो। उहाँ नौवहिनी गाउँपालिका– ७ स्थित नेरा आधारभूत विद्यालय गोगनपानी सुरदिपमाको क्वारेन्टिनमा बस्दै आउनुभएको थियो।

श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बस्दै आउनुभएको सरस्वतीले गएराति क्वारेन्टिनमै छोरा जन्माएको नौबहिनी गाउँ पालिका वडा नम्बर ७ वडा अध्यक्ष दिलमान रानाले जानकारी दिनुभयो । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको वडा अध्यक्ष रानाले बताउनुभयो। १५ दिन अगाडि सुत्केरी महिला आफ्नो श्रीमान प्रेम पुन संगै नेपाल आउनुभएको हो ।

आज उहाँको आरडिटी परिक्षण गरेपछि रिपोर्टको आधारमा उहाँलाई घर पठाउने कि अनेत्र सुरक्षित स्थानमा ब्यवस्थापन गर्ने बिषयमा पालिकासंग समन्वय भैरहेको अध्यक्ष दिलमान रानाले बताउनुभयो । उहाँसंगै उक्त क्वारेन्टाइनना २८ जना भारतबाट आएर बस्दै आएका छन ।

सुत्केरी महिलालाई आधारभुत स्वास्थ्य सेवा केन्द्र फोप्लीकी अनमी कृष्णा बुढाको प्रत्यक्ष निगरानीमा डेलेभरी गराएको नौबहिनी गाउँ पालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको छ । राती उहाँको बढी रक्तस्राव भएकोले अनमी कृष्णा बुढाले गएर ब्यवस्थापन गरे पछि अहिले अवस्था सामान्य भएको उहाँले बताउनुभयो ।
अहिले सुत्केरी महिलाको स्वास्थ्य अवस्था बुझ्न थप स्वास्थ्य कर्मीको टोली क्वारेन्टाइन स्थल जान लागेको पालिकाले जनाएको छ ।

Related Articles

Back to top button