प्यूठान, ३० जेठ । नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालका विभिन्न ठाउँमा पिसिआर परिक्षणका क्रममा ४४८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालका ७२ जिल्लामा कोरोना संक्रमित फैलिसकेको छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । जसमध्ये कोरोना मुक्त भइ अस्पतालबाट कुल डिस्चार्ज हुनेको ८७७ पुगेको छ ।
यस्तै केहि दिन अघि मृत्यु भएका अर्घिखाचिका एक पुरुषमा कोरोना पोेजेटिभ देखिसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
