> समाज > ऐरावतिका एक पुरुषमा कोरोना संक्रमण पुष्टि


ऐरावतिका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

प्यूठान । प्यूठानको ऐरावति गाँउपालिका १ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ऐरावति गाँउपालिका २ को मोति मा.वि को क्वारेन्टाइनमा बसेका उनको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा मंगलवार गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको ऐरावति गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले जानकारी दिनुभयो ।

यसअघि मंगलवार मात्रै माण्डबी गाँउपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो

यस्तै केहि दिन अघि जिल्लाको प्यूठान नगरपालिकाका ८ जना, सरुमारानी गाउँपालिकाका १ जना, माण्डबी गाउँपालिकाका २ जना र स्वर्गद्वारी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *