समाजस्थानीय सरकार

प्यूठानमा कन्ट्रयाक्ट ट्रेसिङबाट पत्ता लागेका थिए नौ जना सङ्क्रमित, सङ्क्रमित सवै भारतबाट आएका व्यक्ति

प्यूठानमा भेटिएका कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

प्यूठान जेठ २७ गते । जिल्लामा भेटिएका कोरोना सङ्क्रमित सवैको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । जिल्लामा हालसम्म पुष्टी भएका १२ जनाको स्वास्थ्य अवस्था सामान्य देखिएको हो ।

पछिल्लो पटक प्यूठान नगरपालिकामा आठ जना व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमित आठै जनालाई विजुवार स्थित आइसोलुसन कक्षमा राखिएको छ । प्यूठान नगरपालिका– २ दाखाक्वाडीका तीन जना र वडा नम्वर–३ विजयनगरका पाँच जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलुसन कक्षमा राखिएको हो । सङ्क्रमित दुई वर्षीय बालिका सहित १७, ३२, १५, १८, २६, १८ र ३६ वर्षका पुरुष रहेका छन ।

उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्य संयोजक गोविन्द्र घिमिरेले भन्नुभयो, कुनै पनि लक्षण उनीहरुमा देखिएको छैन । उनीहरु सबै जना भारतबाट आएका हुन् । दाङ गढवामा देखिएका सङ्क्रमितको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पीसीआर गरिएको संयोजक घिमिरेले बताउनभयो ।

सङ्क्रमितमध्ये एक जनालाई दाङको बेलझुण्डी पठाइएको छ भने बाँकीलाई जिल्ला भित्रकै विभिन्न ठाउँमा आइसोलुसनमा राखिएको छ । सरुमारानी गाउँपालिकाका एक जना सङ्क्रमितलाई दाङ पठाइएको स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझीले जानकारी दिनुभयो ।
भारतको इन्दौरबाट सँगै आएका गढवा दाङका एक व्यक्तिमा सङ्क्रमण भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव संकलन गरी परीक्षण गर्दा १९ वर्षीय पुरुषमा पोजेटिभ देखिएको हो । उनीसँगै क्वारेन्टाइनमा बसेका २७ जनाको पीसीआर जाँच गरिएको थियो, संयोजक रायमाझीले भन्नुभयो ।

त्यसैगरि, माण्डवी गाउँपालिकाका दुई जना सङ्क्रमितलाई आइसोलुसन वार्डमा राखिएको छ । बङ्गलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका उनीहरुलाई सङ्क्रमण पुष्टी भएपछि माण्डवीले आफ्नो पालिकामा ल्याएर आइसोलुसन कक्षमा राखेको हो । उनीहरुको अवस्था सामान्य रहेको छ, स्वास्थ्य संयोजक धुव्र कुमार पोख्रेलले भन्नुभयो, कम्तीमा १४ दिन आइसोलुसनमा राखिन्छ । उनीहरु माण्डवी गाउँपालिका–२ का २० र २३ वर्षीय पुरुष हुन् ।

जिल्लामा पहिलो पटक सङ्क्रमित भेटिएका स्वर्गद्धारी नगरपालिका–४ का ५९ वर्षीय पुरुषलाई नगरपालिकाकै आइसोलुसन कक्षमा राखिएको छ । हालसम्म सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य संयोजक दल बहादुर केसीले जानकारी दिनुभयो । उनी जेठ १३ गते भारतबाट आएका थिए ।

सङ्क्रमितसँगको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा थप २६ जनाको स्वाव सङ्कलन गरी पठाइएको स्वास्थ्य संयोजक केसीले जानकारी दिनुभयो । वडा नम्वर ४ सहित ६, ७, ८, ९ मा समेत गरि कन्ट्र्याक्ट ट्रेसिङमा २६ जना व्यक्ति भेटिएको उहाँले जानकारी दिनुभयो ।

स्वर्गद्धारी नगरपालिकामा बनाइएको आइसोलुसन कक्ष । तस्विर स्रोत : भिंगृ प्राथमिक स्वास्थ्य केन्द्र

Related Articles

Back to top button