प्यूठान, २५ जेठ । योजना निर्माणको कामको भुक्तानी नपाएको भन्दै स्वर्गद्धारी नगरपालिकाका कर्मचारीलाई धम्की दिएको भन्दै कामकाज ठप्प पारेर आन्दोलनमा रहेका कर्मचारीले आजदेखि सेवा सुचारु गरेका छन् ।
हिजो शनिबार नगरप्रमुख, प्रहरी प्रमुख सहितको दुवै पक्षको समझदारीपछि आजदेखि नगरपालिकाका सवै कर्मचारीले काम सुचारु गरेका हुन् ।
समझदारीमा प्रथम पक्षले आत्मआलोचना गरेको, कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएको, योजनाको भुक्तानी प्रदेश सरकारबाट रकम प्राप्त भएपछि गर्ने र कर्मचारीलाईृ सुरक्षाको प्रत्याभुति गराउने विषय उल्लेख छ ।
