महेश थापा
प्यूठान, २० जेठ । गंगा मावि क्वारेन्टाइनमा बसेका मध्ये दुई जनामा आरडीटी पोजेटिभ देखिएको छ । भारतका विभिन्न ठाउँबाट आएका २३ जनामध्ये दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको हो ।
उनीहरु १४ दिन अघि बाहाने आएका थिए । बाग्दुलासम्म बसमा आएका उनीहरुलाई बाग्दुलाबाट ट्याक्टरमा ल्याइएको थियो ।
आरडीटी पोजेटिभ देखिएपछि उनीहरुको पीसीआर परिक्षणका लागि स्वाव संकलन गर्न लागिएको स्वास्थ्य संयोजक ऋषिराम शर्माले जानकारी दिनुभयो ।
