प्यूठान, १६ जेठ । आरडीटी पोजेटिभ देखिएका प्यूठानका एक जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
मल्लरानी गाँउपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुषमा कोरोना संक्रमण नदेखिएको पुष्टि भएको हो ।
मल्लरानी गाउँपालिकाको कसेरीको क्वारेन्टाइनमा रहनु भएका उहाँको स्वास्थ्यमा समस्या आएपछि आरडिटि परिक्षण गरिएको थियो । गत मंगलबार आरडिटि टेष्टमा रिपोर्ट पोजेटिभ देखिएपछि उहाँलाइ बुुटवल रिफर गरिएको थियो ।
बुुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारत उहाँको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै कोरोना नभएको पुष्टि भएको हो ।
उहाँ जेठ ११ गते भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आउनु भएको थियो ।
