> समाज > निर्माण व्यवसायीद्वारा स्वास्थ्य सामाग्री सहयोग


निर्माण व्यवसायीद्वारा स्वास्थ्य सामाग्री सहयोग

प्यूठान, ४ बैशाख ।
कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न क्षेत्रबाट भैरहेको सन्दर्भमा प्यूठानका निर्माण व्यवसायीहरुले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

निर्माण व्यवसायी संघ प्यूठानले विभिन्न स्वास्थ्य सामाग्रीहरु जिल्ला स्वास्थ्य कार्यालय प्यूठानलाई उपलब्ध गराएको हो । सेनिटाईजर, भाईरेक्स, ग्लोब्स, मास्क, पिपिई लगाएतका सामाग्री हस्तान्तरण गरिएको संघका अध्यक्ष पशुपती नारायण नकर्मीले बताउनुभयो ।
१ लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!