> राष्ट्रिय > प्यूठानमा क्वारेन्टाइनमा रहेका ५ जनाको आरडिटि रिपोर्ट पोजेटिभ


प्यूठानमा क्वारेन्टाइनमा रहेका ५ जनाको आरडिटि रिपोर्ट पोजेटिभ

प्यूठान, १६ जेठ । प्यूठानमा क्वारेन्टाइनमा रहेका ५ जनाको आरडिटि रिपोर्ट पोजेटिभ देखिएका छ ।

शुक्रवार जिल्लाको ऐरावति गाउँपालिका ६ विजुलीको जनता मा.वि को क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आरडिटि परिक्षणका क्रममा ५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका फोकल परसन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उनिँहरुको स्वाव संकलन गरि पिसिआर परिक्षणका लागि पठाउने तयारी भइरहेको छ ।

यसअघि सोहि क्वारेन्टाइनमा बसेकि एक महिलाको मृत्यु भएको थियो उहाँको पिसिआर रिपोर्ट आउन भने बाकी छ ।

यस्तै मल्लरानी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका आरडिटि पोजेटिभ व्यक्तिको पनि पिसिआर रिपोर्ट पनि आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!