> राष्ट्रिय > हावाहुरीले विद्युतको पोल ढलाउदा ५ दिनदेखि विद्युत अबरुद्ध, स्थानीयलाई सास्ती


हावाहुरीले विद्युतको पोल ढलाउदा ५ दिनदेखि विद्युत अबरुद्ध, स्थानीयलाई सास्ती

मरन्ठाना । प्युठानको मरन्ठाना र दहखोला बस्तीमा असार २ गते आएको आवाहुरीले विद्युतको पोल ढलाउदा विद्युत अबरुद्ध भएको छ । आपको रुख भाचिएपछि विद्युतको पोलमा क्षेती पुगेसंगै अवरुद्ध भएको विद्युत लाईन अझै सुचारु हुन सकेको छैन ।

स्थानीय ५ दिन देखि आध्यारोमा बस्न बाध्य भएको वडा सदस्य मित्रु गिरीले बताउनुभयो ।प्युठान नगरपालिका- ९ गुरिगाउको आरनटोल नजिक आपको हागोले विद्युत लाइनको पोलमा क्षेती पुर्याउदा विद्युत लाइनमा समस्या भएको वडा सदस्य गिरीको भनाइ छ ।

विद्युत लाइन अवरुद्ध हुदा झिमरुक गाउँपालिका वडा नम्बर ६ दहखोलाका करिब ९० घरधुरी र प्युठान नगरपालिका वडा नम्बर ९ आरनटोलाका २० घरधुरीका स्थानीय जनता अध्यारोमा बस्न बाध्य भएका छन् । पटकपटक लाइन जाने समस्या त थियो थियो अहिले त ढलेको पोल विद्युत प्राधिकरणले उठाउन नसक्दा जनतालाई झन् सास्ती भएको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *