> राजनीति > एमसीसी फिर्ता लिन १० राजनीतिक दलको माग


एमसीसी फिर्ता लिन १० राजनीतिक दलको माग

प्यूठान, ७ जेठ । मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) संसदबाट फिर्ता लिन १० राजनीतिक दलले सरकारसँग माग गरेका छन् ।

एमसीसी नेपालको राष्ट्रियता र सार्वभौमिकता तथा असंलग्न परराष्ट्रनीति समेतका विरुद्ध भएको ठहर गर्दै त्यसलाई दृढतापूर्वक अस्वीकार गर्न माग गरेका छन् ।

संयुक्त बक्तव्य जारी गर्दै एमसीसी हिन्द प्रशान्त रणनीति (इण्डो प्यासिफिक स्टाटेजी)को अंग भएको र त्यो तथ्यलाई स्वयं अमेरिकाका कतिपय मन्त्री, उच्च अधिकारी तथा नेपाल स्थित अमेरिकन राजदुतावासले पनि सार्वजनिक रुपमा स्पष्ट गरिसकेको बक्तव्यमा उल्लेख छ ।

एमसीसी पारित भयो भने नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ, हाम्रो देश अमेरिकी साम्राज्यवादको क्याम्पमा सामेल हुनपुग्ने छ र त्यसको (अमेरिकी साम्राज्यवादको) अखडा बन्न पुग्ने छ । त्यसको परिणामस्वरुप नेपालको राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर प्रकारको आँच पुग्ने कुरा अवस्यम्भावी छ ।, बक्तव्यमा भनिएको छ, त्यसकारण नेपालको राष्ट्रियता र सार्वभौमिकता तथा नेपालको परराष्ट्रनीति समेतमा आँच पुग्न नदिन हामीले सम्पूर्ण जनता, राजनीतिक पार्टी, सांसद, संघसंस्था र व्यक्तिहरु समेतसित अपील गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *