> राष्ट्रिय > दाङका ३ जना सहित थप ९ जनामा कोरोना संक्रमण


दाङका ३ जना सहित थप ९ जनामा कोरोना संक्रमण

प्यूठान, २ जेष्ठ । दाङका ३ जना सहित थप ९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार संक्रमित हुने मध्ये ३ जना दाङका, ४ जना पर्साका र उदयपुर र काठमाडौँका १-१ जना रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ जसमध्ये ३६ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।

आज विहान मात्र ९ जनामा कोरोना संक्रमित भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!