प्यूठान, १ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।
राष्टिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार संक्रमित काठमाडौँ, धनुषा र धादिनको १-१ जना रहेका र संक्रमित सबैे स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ जसमध्ये ३६ जना कोरोना मुक्त भइ घर फर्किसकेका छन् ।
आजै मात्रै ३ जना कोरोना संक्रमित भेटिएका थिए ।
