प्यूठान । नेपाली कांग्रेस प्यूठान २ नं. क्षेत्रीय समितिको सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
सभापति पदका लागि चन्द्रलाल न्यौपाने र जुमान सिंह जिसीको उम्मेदवारी परेको हो ।
समितिको उपसभापतिमा बालाराम पौडेल, सचिवमा मधुसुदन भण्डारी र शशिधर घिमिरे, सहसचिवमा बासुदेव केसी र महिला सहसचिवमा बसन्ता थापाको उम्मेदवारी परेको छ ।
भोलि मंगलबार हुने निर्वाचनमा यस क्षेत्रका ६७८ जना प्रतिनिधि सहभागी हुनेछ्न ।





