समाज

प्यूठानमा जुवातास खेलिरहेका ११ जना १ लाख ८५ हजार नगरसहित पक्राउ

प्यूठान । स्वर्गद्वारी नगरपालिका–४ बाँझिपुर स्थित एक होटलमा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले १ लाख ८५ हजार ११२ रुपैंया नगद नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक गणेश ज्ञवालीको कमाण्डमा खटिएको टोलीले जुवा खेल्न प्रयोग गरिएका नखोलेको २३ गड्डी तास र एक गड्डी खोलेको तास समेत वरामत गरिएको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासत कक्षमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

फोटो : एआई

Related Articles

Back to top button