प्युठान । जिल्ला समन्वय समिति प्युठानले आगामी आर्थिक बर्षको कार्ययोजना ल्याएको छ । समन्वय प्रमुख धरम बहादुर जिसिले चौथो जिल्ला सभामा आज कार्ययोजना पेश गर्नुभएको हो ।
जिल्ला समन्वय समिति संचालनका लागि हालसम्म कानुन नबनेको भन्दै कानुन बनाउन प्रदेश सरकार र संघीय सरकारसंग समन्वय गर्ने उल्लेख गरिएको छ ।