प्यूठान, २९ बैशाख । आरडीटी रिर्पोटमा दुई जनाको पोजेटिभ देखिएका व्यक्तिमा कोरोना नभएको पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानका अनुसार आरडीटीमा पोजेटिभ देखिएपनि पीसीआर परीक्षणमा कोरोना संक्रमण नदेखिएको हो ।
प्यूठान नगरपालिका–२ स्थित सिद्धार्थ हलमा रहेका २ जनामा आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको थियो । आरडीटीमा पोजेटिभ देखिएपछि २ जना सहित ३९ जनाको स्वाव भैरहवा पठाइएको थियो । पठाइएका सवै स्वावमा कोरोना संक्रमण नदेखिएको हो ।
