> समाज > माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला


माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला

प्यूठान । माडी खोलामा नुहाउन गएका १९ वर्षका नमराज घर्ती मगरको शव फेला परेको छ ।

 

माण्डवी गाउँपालिकाको सिमचौर स्थित माडी नदिमा नुहाउन गएका नमराजको तीन दिन पछी शव फेला परेको प्रहरीले जनाएको छ । थक्लेनीमा फेला परेको हो ।

 

खोलामा नुहाउन गएका उनी सम्पर्क बिहिन भएपछी नेपाल प्रहरी, ससस्त्र प्रहरीले खोजतलास गरेको थियो ।

 

स्वर्गद्वारी नगरपालिका-६ निवासी नमराज ट्याक्टरमा सहचालकको रुपमा मजदुरी गर्दै आएका थिए ।