प्यूठान । चेरनेटा-चकचके सडक खण्डमा टिप्परले अटोलाई ठक्कर दिँदा दुई जनाको घटना स्थलमै ज्यान गएको छ । चकचकेतर्फ जाँदै गरेको अटोलाई चेरनेटा तर्फ आउँदै गरेको टिप्परले ठक्कर दिएको हो ।
रा १ ह ५७०७ नम्वरको अटोमा सवार मध्ये प्यूठान नगरपालिका वडा नम्वर ३ विजयनगर निवासी अमृत थापा र उनका छोरा सुशान्त थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा ना ८ ख ३९०३ नम्वरको टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
क्षतिपुर्तिको माग
घटनामा ज्यान गुमाएका मृतकका आफन्त र स्थानीयले क्षतिपुर्तिको माग गर्दै बाटो अवरुद्ध गरेका छन् । दिउँसोदेखि चेरनेटा-चकचके सडक खण्ड अवरुद्ध छ । घटनास्थलबाट मृतकको शव उठाइएको छैन ।
वार्ता जारी
विजुवारमा आफन्तले राखेको मागको विषयमा अहिले वार्ता भइरहेको छ । प्रहरी नायव उपरीक्षक सत्य नारायण थापाका अनुसार वार्ता भइरहेको हो ।
