प्यूठान । मल्लरानी पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बिगतका वर्षहरुमा जस्तै खाना महोत्सव हुने भएको छ । प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रले मल्लरानी फिड फेस्टिवललाई निरन्तर दिँदै चौथो संस्करण संचालन गर्ने निर्णय गरेको हो ।
महोत्सवको अवसरमा दोहोरी गीत प्रतियोगिता समेत संचालन हुने भएको छ । प्रतियोगिताको व्यवस्थापन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्यूठानले गर्ने बजार इलाका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा स्थानीय उत्पादनका अर्गानिक खानाका परिकारहरु, नेवारी खानाका परिकारहरु, स्थानीय जातका कुखुरा, हाँस, खसिबोका, राँगा, बङ्गुर, बदेल, कालिजका विविध परिकारहरु, चाडपर्व विशेषमा बनाइने खानाका परिकारहरु, चामल, कोदो, मकै, जौ, गहुँका विविध परिकारहरु पाइनेछ । स्थानीय उत्पादनहरु बिक्री तथा प्रदर्शन गरिनेछ ।
चैत्र ३० गते र बैशाख १ गते प्यूठान जिल्ला सदरमुकाम खलंगा शिर मल्लरानी डाँडामा खाना महोत्सव संचालन हुनेछ ।
