विजयसिंह भारती । प्यूठान
कम्युनिष्टहरुको जिल्लाको रुपमा चिनारी बनाएको प्यूठान जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी विजय भएको छ । प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा ९ हजार १३१ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी हाँसिल गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशान्त बैदिकले २७ हजार ४६९ मत प्राप्त गरि विजयी भएका हुनुभयो । उहाँका प्रतिवद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार डा.गोविन्दराज पोख्रेलले १८ हजार ३३८ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका उम्मेदवार सूर्य थापाले १६ हजार ४१०, नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्काले ९ हजार ७४, राष्ट्रिय जनमोर्चाका तिलक जिसीले ७ हजार ६५४ मत प्राप्त गर्नुभयो ।
श्रम संस्कृति पार्टी गोबिन्द गिरीले ५९४, नेकपा माओबादीका सीता बिकले ५०१, राष्ट्रिय प्रजातन्त्र पार्टीका धनेश्वर पण्डितले ४१५, नेस्नल रिपब्लिक पार्टी नेपालका तारासिंह थापा मगरले ९४,मंगोल अर्गनाइजेसनका हर्कबहादुर पुनले ८१, नेपाली जनता दलका बिमल पोख्रेलले ७८, प्रगतिशील लोकतान्त्रिक पार्टीका श्याम गहतराजले ५०, नेकपा संयुक्तका नबिनकुमार श्रेष्ठले ४५, आम जनता पार्टीका रोमबहादुर थापाले ४३ मत प्राप्त गर्नुभएको छ ।
जिल्लामा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेकोमा ८३ हजार ६३६ मत खसेको थियो । विगतका निर्वाचनहरुमा जिल्लाबाट कम्युनिष्ट पार्टीहरुले प्रतिनिधित्व गर्दै आए पनि देशव्यापी रुपमा देखापरेको राष्ट्रिय स्वतन्त्र पार्टीको लहरले प्यूठान पनि अछुतो रहन सकेन ।
