समाज

प्यूठानमा मनाईयो विश्व रेडक्रस दिवस

रेडक्रसको स्वास्थ्य सामाग्री र लायन्स क्लवको रक्तदान

प्यूठान, २६ वैशाख । विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाले स्वास्थ्य तथा अन्य सामाग्री विरतण गरेको छ ।  प्यूठान अस्पताल विजुवार र प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीको लागि स्वास्थ्य तथा अन्य सामाग्री वितरण गरिएको सभापति गुमानराज पुलामीले जानकारी दिनुभएको छ ।

प्यूठान अस्पतालमा सर्जिकल मास्क ५०० थान, स्यानिटाइजर २० थान, कम्बल २० थान, साबुन २० थान र बाल्टिन १० थान त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा सर्जिकल मास्क २०० थान, स्यानिटाइजर १० थान, साबुन १० थान, कम्बल ५ थान र बाल्टिन ५ थान वितरण गरिएको हो ।  व्यक्तिगत दुरी कायम गर्दै स्वास्थ्य सतकर्ताका साथ सामाग्री वितरण गरिएको र प्राथमिक स्वास्थ्य केन्द्र खलंगाको लागि पनि स्वास्थ्य सामाग्री वितरण गर्ने समेत सभापति पुलामीले बताउनु भएको छ ।

मे ८ आजकै दिन रेडक्रसमा जन्मदाता जा हेनरी ड्युनाको १९२ औं जन्मजयन्तीको अवसरमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको लागि अग्रपंतिमा रही सेवा गर्ने सम्पूर्ण स्वयंसेवक तथा कर्मचारीहरुलाई लक्षित गरी सम्मानपूर्वक ‘ताली बजाउनुहोस्’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

रक्तसञ्चार सेवा केन्द्रमा लायन्स क्लवको रक्तदान

bood donation Kamal
नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको समन्वय तथा लायन्स क्लव अफ प्यूठानको आयोजनामा विश्व रेडक्रस दिवसको अवसरमा रक्तसञ्चार सेवा केन्द्र विजुवारमा रक्तान गरिएको अध्यक्ष बालाजु श्रेष्ठले बताउनु भएको छ ।

रक्तदानबाट ७ पिन्ट ब्लड जम्मा भएको ल्याव असिसटेन्ट सन्तोष अधिकारीले जानकारी दिनु भएको छ । रक्तदान बालाजु श्रेष्ठ, चन्द्र घर्ति, कमल श्रेष्ठ, नविन कुमार श्रेष्ठ, प्रविन वि.क., यम कुमार सुनार र तुल्सिराम रिजालले गर्नुभएको थियो ।

Related Articles

Back to top button