> राजनीति > एमाले प्यूठानको जनसंगठन संयन्त्रको बैठक सम्पन्न


एमाले प्यूठानको जनसंगठन संयन्त्रको बैठक सम्पन्न

विजुवार । नेकपा (एमाले) प्यूठानले जनसंगठन संयन्त्रको बैठक सम्पन्न गरेको छ । बुधबार जिल्ला पार्टी कार्यालयको सभाहलमा बैठक सम्पन्न भएको हो ।

 

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरि चुनावी योजना निर्माण गर्दै बैठक गरिएको जनसंगठन संयन्त्रका संयोजक एवं एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले बताउनुभयो । बैठकमा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तुल्सीराम शर्मा, प्रदेश कमिटी सदस्य श्रीधर रोका, भगवती खड्का लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

 

एमाले प्यूठानका इन्चार्ज एवं प्रतिनिधि सभा सदस्यका उम्मेदार सूर्य थापाको प्रमुख आतिथ्यतामा बैठक भएको हो । बैठकको संचालन संयन्त्रका सचिव नेगनसिंह कुवरले गर्नुभएको थियो । बैठकमा जिल्लामा क्रियाशिल एमाले सम्वद्ध संगठनका पदाधिकारी, प्रदेश तथा केन्द्रीय कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।