> समाज > ईजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको अनुरोध


ईजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको अनुरोध

प्यूठान । ईजाजतपत्र प्राप्त हातहतियार तथा खरखजानाहरु नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रशासन कार्यालय प्यूठानले अनुरोध गरेको छ ।

 

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन यस्तो आग्रह गरेको हो ।

 

विभिन्न व्यक्तिहरुका नाममा विभिन्न प्रयोजनका लागि रहेका ईजाजतपत्र प्राप्त हातहतियार तथा खरखजानाहरु बुझाउन सार्बजनिक अपिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्माले जानकारी दिनुभयो ।