प्यूठान । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता दिएको छ । विशेष महाधिवेशनलाई मान्यता दिने/नदिने विषयमा निर्वाचन आयोगमा दुवै पक्षले आ–आफ्नो दावी प्रस्तुत गरेका थिए ।
विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने आयोगले निर्णय गरेको हो ।
यो सँगै आगामी प्रतिनिधि सभा निर्वाचनमा प्यूठान जिल्लाबाट को उम्मेदवार बन्ने भन्ने विषयले चर्चा पाउन थालेको छ । कांग्रेस प्यूठानले प्रा.डा. गोविन्दराज पोख्रेल सहित तीन जनाको नाम सिफारिस गरेको थियो । डा. पोख्रेल नै उम्मेदवार हुने चर्चा भैरहेका वेला कांग्रेसमा आएको विभाजनसँगै निमा गिरीको नाम चर्चा हुन थालेको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सहमहामन्त्री समेत रहनुभएकी गिरी लुम्बिनी प्रदेश सभा सदस्य समेत हुनुहुन्छ । प्यूठान समाचारसँगको संक्षिप्त प्रतिक्रिया दिँदै गिरीले भन्नुभयो, ‘प्राथमिकता उहाँ (गोविन्दराज पोख्रेल) नै हो, होइन भने फिल्ड खालि गर्नु त भएन नी ’
