> समाज > स्वर्गद्वारी क्याम्पस संचालक समितिको अध्यक्षमा बिष्ट, सदस्यमा को-को ?


स्वर्गद्वारी क्याम्पस संचालक समितिको अध्यक्षमा बिष्ट, सदस्यमा को-को ?

प्यूठान । स्वर्गद्वारी बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा हुकुम बहादुर बिष्ट चयन हुनुभएको छ । क्याम्पसको १२ औं अधिबेशन तथा १४ औं क्याम्पस सभाबाट नयाँ संचालक समिति गठन गरिएको हो ।

 

समितिको सदस्यहरुमा केशव कर्माचार्य, नेहर सिंह के.सी., डिल बहादुर थापा, डिमराज पोख्रेल, पदमा पण्डित, पार्बता आचार्य, धना कार्की र अर्जुन कुमार कक्षपती रहनुभएको क्याम्पस प्रमुख गुन्जबहादुर खड्काले जानकारी दिनुभयो ।

 

संचालक समितिका अध्यक्ष कृष्णध्वज खड्काको अध्यक्षतामा भएको अधिबेशनको उद्घाटन लुम्बिनी प्रदेश सरकारका शहरी बिकास तथा खानेपानी मन्त्री रोज राणाले गर्नुभएको थियो ।