> समाज > मल्लरानीको एक परिवारलाई वडाले बनाइदियो दुईकोठे घर


मल्लरानीको एक परिवारलाई वडाले बनाइदियो दुईकोठे घर

प्यूठान, २१ जेठ । मल्लरानी गाउँपालिका वडा नम्बर ४ ले एक परिवारलाई घर बनाइदिएको छ । आर्थिक अबस्थामा कमजोर भएका जुठे दमाईलाई वडा कार्यालयले दुई कोठे घर बनाइदिएको हो ।

घर नहुँदा उहाँको परिवार कहिलो खुल्ला ठाउँमा कहिले आफन्तिकोमा बस्दै आउनुभएको थियो । वडाले ६७ हजार पाँच रुपियाँमा घर तयार गरिदिएको वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो । उहाँको परिवारलाई घर हस्तान्तरण गरिएको छ ।

वडामा रहेका विपन्न तथा आर्थिक अबस्था कमजोर रहेका सबै नागरिकको विभिन्न क्षेत्रमा राहात तथा उद्दार जारी राखिने अध्यक्ष श्रेष्ठले वताउनुभयो । वडाभित्रका जेष्ठ नागरिक तथा विपन्न परिवारका लागि क्रमशः आवास तथा स्वास्थ्य र पोषणमा समेत वडाले सहयोग गर्ने वडा कार्यालयले योजना अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!