> समाज > जिल्लाभर नै फैलियो सलह


जिल्लाभर नै फैलियो सलह

प्यूठान, १६ असार । प्यूठान जिल्लाभर सलह किरा फैलिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले जिल्लाको पुर्व क्षेत्रवाट भित्रिएको सलह किरा हाल जिल्लाको धेरै स्थानमा फैलिसकेको जानकारी दिनुभयो । हाल जिल्लाको विभिन्न ठाउँमा धेरै हुलमा भित्रिएको छ । उहाँले किसानलाइ आगो बालेर, वाजा वजाएर सलह भगाएर वालिनाली वचाउन अनुरोध गर्नुभएको छ ।

अहिले किसानहरुले भाडा ठटाएर, आगो वालेर सलह भगाउने कार्य गरिरहेको उहाँको भनाई छ ।

हुलमा आएको सलहको हुलनै प्युठानमा नबसेपनी धेरै संख्यामा किराहरु भेटिएका छ्न ।

सलह

Leave a Reply

Your email address will not be published. Required fields are marked *