> समाज > चौरासी पुँजाको अवसरमा विद्यालयमा मञ्च निर्माण


चौरासी पुँजाको अवसरमा विद्यालयमा मञ्च निर्माण

प्यूठान । गौमुखी गाउँपालिकाको ठूलावेशीका प्रतिष्ठित व्यवसायी तथा समाजसेवी लालुराम जैसीको ८४ पुँजाको अवसरको विद्यालयमा मञ्च निर्माण गरिएको छ ।

परिवारको तर्फबाट गौमुखी माध्यमिक विद्यालय ठूलावेशी विद्यालय परिसरमा मञ्च निर्माण गरिएको हो । एक कार्यक्रमका वीच लुम्बिनी प्रदेश सभाका सदस्य तथा पूर्व मन्त्री तुल्सीराम शर्माले मञ्चको उद्घाटन गर्नुभयो । सो मञ्चमा निर्माण गरिएको शिलालेख प्रदेश सभा सदस्य निमा गिरीले अनावरण गर्नुभएको जैसीका छोरा ज्ञामुराम न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।