> राष्ट्रिय > अतिरिक्त सुविधा नपाएको प्युठान अस्पतालका डाक्टरको गुनासो


अतिरिक्त सुविधा नपाएको प्युठान अस्पतालका डाक्टरको गुनासो

प्युठान । प्युठान अस्पताल विजुवारमा कार्यरत डाक्टरहरुले अतिरिक्त काम गरे बापतको सुविधा नपाएको भन्दै गुनासो गरेका छन् । तोकिएको समय बाहेक गरेको कामको रकम नपाएको भन्दै उनीहरुले अबदेखि अतिरिक्त सेवा दिन नसक्ने बताएका छन् ।

 

अस्पताल प्रशासनलाई पटक पटक समस्या राख्दा पनि सुनुवाई नभएको डाक्टर सन्तोष के.सी.ले बताउनुभयो । प्रदेश सरकारमा पहल गर्न समेत नखोजिएको उहाँको भनाई छ । पहिले ३/३ महिनामा उपलब्ध गराउने गरिएपनि अहिले भने लामो समयसम्म नदिएको के.सी.ले बताउनुभयो ।

 

निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्रमिला खनालले भने डाक्टरहरुले भनेझै श्रम शोषण नगरिएको प्रतिक्रिया दिनुभयो । “उहाँहरुले मासिक रुपमा तलब पाइरहनुभएको छ,” खनालले भन्नुभयो, “अतिरिक्त सुविधाको विषयमा पहल भइरहेको छ ।” प्रदेश सरकारले रकम दिने भएकाले उक्त रकम प्राप्त नभएको उहाँको भनाई छ । अस्पताल व्यवस्थापन समितिले निणर्य गर्नुपर्ने भएकाले त्यसमा पहल भइरहेको खनालले बताउनुभयो । अस्पतालको सेवा भने रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *