> राजनीति > प्यूठानको सार्वजनिक सरोकारका विषयमा सर्वदलिय-सर्वपक्षिय अन्र्तक्रिया


प्यूठानको सार्वजनिक सरोकारका विषयमा सर्वदलिय-सर्वपक्षिय अन्र्तक्रिया

प्यूठान । जिल्लाको सार्वजनिक सरोकारका विषयमा सर्वदलिय-सर्वपक्षिय अन्र्तक्रिया सम्पन्न भएको छ । नेकपा (एमाले) प्यूठानको आयोजनामा आज विजुवारमा अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।

अन्र्तक्रियामा जुम्री बसपार्क, प्यूठान अस्पाल, विद्युत सव-स्टेशन, राष्ट्रिय परिचयपत्र, धानबालीमा रोग लगायतका जनतासँग प्रत्यक्ष जोडिएको सवालमा छलफल भएको छ । छलफलमा सहभागी सरोकारवालाले लामो समयको अन्तरालपछि जिल्लामा यसप्रकारको छलफल शुरु भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनीहरुले नागरिक समाज संघ संस्थाले यसप्रकारको कार्यक्रम नगरेको अवस्थामा नेकपा एमालेले कार्यक्रम आयोजना गरेर जिल्लाको समस्या समाधान गर्ने वातावरण सृजना हुन थालेको भन्दै एमालेलाई धन्यवाद दिएका छन् ।

छलफलमा सहभागी सरोकारवालाले जिल्लाको विकासमा दलहरु एकबद्ध भएर अगाडी बढ्नुपर्ने सुझाव दिएका छन् । छलफलमा उठेका मुद्धालाई क्रमशः समाधान गर्दै अगाडी बढ्न आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा नेकपा (एमाले) पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले जनतासँग जोडिएको विषयमा एमालेले छलफलको शुरुवात गरेको बताउनुभयो । उहाँले छलफलमा उठेका सवाललाई सम्वोधन गर्न जिल्लादेखि केन्द्रसम्म ध्यानाकर्षण गराउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, प्यूठान नगरपालिकाका संस्थापक मेयर अर्जुन कुमार कक्षपति, नेकपा मालेका सचिव तिलविक्रम के.सी., राप्रपाका कृष्ण कार्की, नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल, विद्युत प्राधिकरणका प्रमुख महेन्द्र दास, एकीकृत कृषि तथा पशुपन्छी कार्यालयका प्रमुख भाष्कर पौडेल, प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट खिम प्रसाद पार्धे, जुम्री बसपार्क व्यवस्थापन समितिका अध्यक्ष प्रकाश सुवदी लगायतले विभिन्न विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेकपा(एमाले) प्यूठानका अध्यक्ष विजय विराज विष्टको कार्यक्रम आयोजना गर्नुको उदेश्य र जनतासँग प्रत्यक्ष जोडिएका १२ वटा सवाल प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेकपा(एमाले) प्यूठानका सचिवालय सदस्य नेगनसिंह कुवरले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *