महेश थापा ‘आभास’
सर्वत्र हराएका
कालजयी सपना
बाहिर महामारी
भित्र कारुणिक भाेकमरि !
सहनै नसकिने
निर्दयी काेराेनाकाे भकारी ।
न गासकाे ठेगान !
न बासकाे ठेगान
न एक मुठी सासकाे ठेगान
सुनसान एकान्त बासमा
ऐठन परेकाे अधेरी रातमा
राेगि बतासमा –
त्रासदी फैलाउने काेराेनाकाे पहिचान !
अभाव अाेढेर जिन्दगीमा –
खुशी खाेजिरहेछन् दिनदुखिहरु !
अस्ताइरहेका घामका किरणहरु
नियाल्दै –
बेचैनीका गित गाइरहेछन् झुपडीहरु !!
घरि झरि !
घरि खडेरी
घरि राेग व्याधि !
घरि समस्याका अाधिबेहेरि
किसान मजदुरकाे नियति ।