झिमरुक गाउँपालिका-७ तुषारामा अवस्थित तुषाराकोट दरवारमा भुरेटाकुरे राजाको पालादेखि हालसम्म अटुट रुपमा इस्नादेवि र खडक देवताको नवदुर्गाको पुँजा आर्चना हुँदै आएको छ ।
चैते दशैँमा औशीको दिन यसकोटको पुजारी पोख्रेलद्वारा जिरा (सुपारी)बाट पात्र पुजारी पोख्रेल, जि.सी. (घर्ती क्षेत्री), थापा क्षेत्री, महताराता क्षेत्री र पछाई क्षेत्री जातीबाट चयन वा छनोट गरिन्छ । साथै एकजना पाठ गर्ने ब्राम्हाण पनि चयन गरिन्छ । चैते दशैमा अष्टमीका दिन तुषाराकोटमा आरति (पुँजा) गरी एउटा वोकाको बली दिईन्छ र नवमीका दिन यस कोटघरमा काली पाठीलाई मनाई इश्नाथानको लागी प्रस्थान गारिन्छ । त्यहाँ इश्नाथानामा देवीको पुजा आरती हाली काली पाठीको बली दिईन्छ । त्यहाँको प्रसाद ग्रहण गरेर विसर्जन गर्ने चलन रहेको छ ।
वर्षे दशैँ वा वडा दशैमा चैते दशैमा चयन भएका पाँच पुजारीहरुले नै घटस्थापन दिन देखिनै कोट दरवारमा जमरा राखिन्छ र ।बिहान बेलुका अखण्ड दिप वाली पुँजाआजा गरिन्छ ।
सत्तमीमा रातटारीबाट थापा जातीका पुजारी षष्टीका दिन सोही स्थान गई फुलपाती लिई सत्तामीका दिन पैयाठाँटी भन्ने स्थान आहूति (पुँजा) गरी इश्ना तर्फ दिशापारी एउटा बोकाको वली दिई वेलुकी करिव ६ वजे कोट दरवारमा फुलपाती नौमती वाजा बजाई कोटघरमा भित्राइन्छ ।
त्यसैगरी अष्टमीका दिन कोरघरमा आरती पुजा गरी विहान कलस र नियम लगाएको बोकाको बली दिई खड्क स्थापना गरी पुजाआजा गरिन्छ र सबै भक्तजनलाई प्रसाद वितरण गरिन्छ । राती मध्यरातमा पाडा र बोकाको बली दिन्छ।

नवमीका दिनको कालीपाठीलाई मनाई इस्नाथानमा पुजाआजाको लागी तुषाराकोट दरवारबाट प्रस्थान गरिन्छ । इस्नाथान पुगेपछि भक्तजनहरुबाट चढाएको फूल, भेटी संकलन गरी हाउती पुजा गरी निखारा कालो वर्षको काली पाठी प्रतिघर १ जना र अन्य सयौको संख्याबाट भक्तजनहरुले कवल गरेका कालिपाठीको वली दिएर त्यहाँ तरेखु फुल प्रसाद वितरण गरी पुजारीहरु फेरी तुषारा कोट पुग्छ्न । तुषारा कोटमा पुजारी आइसकेपछी भक्तजनहरुले कवल गरेका पाडा र बोकाको साथै पंचवली सयौको संख्यामा चढाउने गर्छन ।
दशमीका दिन सम्पुर्ण भक्तजनबाट अक्षता फुल संकलन गरी खड्कलाई टिका जमरा चढाई आहुती पुजा गरी बोका वली दिएर टिका वितरण गरिन्छ । साथै विर्सजन गरिन्छ । घर घरमा टिका लिएर मान्यजन हातबाट टिका लगाउने प्रचल रहेको छ । एकादशीका दिन फुल, जमरा, फुलपातिलाई वाजा बजाई भजन कृतन गरेर फूलपाती सेलाउने गरिन्छ ।
प्रस्तुति : बिष्णु न्यौपाने











