> समाज > प्यूठानमा लाग्ने दशैं विशेष मेला – माडी क्षेत्रकै धरोहर बेल्वासको कोटघर


प्यूठानमा लाग्ने दशैं विशेष मेला – माडी क्षेत्रकै धरोहर बेल्वासको कोटघर

माडी क्षेत्रकै धरोहर बेल्वासको कोटघर
स्वर्गद्धारी नगरपालिका६ बेल्वास स्थित कोटघर प्यूठान जिल्लाको माडी क्षेत्रकै आस्थाको धरोहर हो । बडा दशैंको अवसरमा यहाँ विशेष पुँजाआज हुने गर्दछ । यहाँ खड्कथानको विशेष पुँजाआज हुन्छ । बाईसे, चौविसे राज्यका समयमा झुपाकोटका राजाले यस स्थानमा आफ्ना सेनाहरुलाई तालिम दिने र कवाज खेलाउने गरेकोले यहाँको कोटघरमा दशैंको घटस्थापनादेखि नै जमरा राखेर दैनिक पुँजाआजा गर्ने गरिन्छ । सप्तमीको दिन गाउँकै गोराथोकी बन्धुहरुलाई पूmलमाला ,अविर र खरानीले सिंगारेर कोटघरमा पूmलपाति भित्र्याउने गरिन्छ । अष्टमीको दिन राती कालरात्री विशेष मेला लाग्ने पर्दछ । खड्क भगवान र देवीलाई बोकाको बलि दिइन्छ । नवमिको दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ । सराए नाँच नाचिन्छ । पञ्चवल दिने प्रचलन छ । टिकाको दिन यहाँका पुजारी तथा ब्रहामणबाट टीका जमरा चढाउने र अग्रजलाई टीका जमरा लगाइदिने अनि बेल्बासको घरघरमा कोटघरको टीका जमरा पठाउने चलन छ । त्यही कोटघरको टीका जमरा मिसाएर घरघरमा टीका लगाएर आशिर्वाद लिने प्रचलन छ ।

झइन्द्र भण्डारी
स्वर्गद्धारी नगरपालिका-६ बेल्वास, प्यूठान