प्यूठान, २३ बैशाख ।
मानव जातिको मुक्तिका लागि यस युगका चिन्तक, दार्शनिक तथा महानायक कार्ल माक्र्सको २०२ औँ जन्मजयन्तिका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धासुमन अर्पण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कार्ल माक्र्सले विश्व मानव जातिको इतिहासमा चिन्तकका रुपमा एउटा सहश्राब्दीलाई नै सर्वाधिक रुपमा प्रभावित पार्नुभएको उल्लेख गर्नुभएको छ ।
मानव जातिको इतिहासलाई अध्ययन गर्ने मात्र होइन, त्यसलाई बदल्ने विचार दिनुभयो, उहाँले भन्नुभएको छ, मानव समाजमा न्याय, समानता र श्रमिक वर्गको हितमा उहाँले अगाडि सार्नु भएका विचारले एउटा सहश्राब्दीलाई नै प्रभावित पारेको छ ।
आजको शहश्राब्दी चिन्तनको सहश्राब्दी, विचारको सह्रशाब्दी, तीब्र परिवर्तनको सहश्राब्दीका रुपमा रहेको उहाँको भनाई छ । यस सहश्राब्दीबाट प्राप्त ज्ञान, विचार र चिन्तनलाई श्रमिक वर्ग र मानव जातिको हितमा सदुपयोग गर्न उहाँले आह्वान गर्नुभएको छ ।
हाम्रो सन्दर्भमा आजको माक्र्सवाद देशबाट गरिवी हटाउने, जनताको जीवनमा सुख भर्ने, सामाजिक न्याय सहितको समानता कायम गरी मुलुकलाई समृद्ध बनाउने हो ।, उहाँले भन्नुभएको छ, समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाब्क्षा पूरा गरी हामी त्यस अभियानमा अग्रसर छौं ।
