प्यूठान । भालुवाङ–प्यूठान-रोल्पा सडक अन्तर्गत खहरे खोला र डुम्रे खोलामा पक्की पुल निर्माण गर्न सांसद सुर्य थापाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
संसद बैठकमा बोल्दै उहाँले बर्षाको समयमा लेदो बगेर स्थानीयले बर्षौदेखि सास्ती ब्यहोर्दै आएकोले पक्की पुल आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रदेश राजधानीसँग दुई जिल्ला जोड्ने मुख्य सहायक राजमार्ग अन्तर्गत पर्ने यस सडकमा पक्की पुल निर्माणले प्यूठान, रोल्पाका साथै अर्घाखाँची, गुल्मी तर्फको आगमनलाई नियमित गर्न सहयोग पुग्ने भएकाले पक्की पुल आवश्यक रहेको उहाँको भनाई थियो ।
`गहिरो सरोकारका साथ सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछु ।´ ,उहाँले भन्नुभयो











