स्वर्गद्वारी महाप्रभु भगवान बुद्ध पछि नेपाल भूमिमा जन्मिनु भएका दोश्रो बुद्ध हुनुहुन्छ । उहाँ नेपालका एक राष्ट्रिय विभूति समेत हुनुहुन्छ । नेपालीले राम्ररी चिन्न र बुझ्न नसकेका महान व्यक्तित्वलाई शब्द चित्रमा यसरी वर्णन गरिएको छ ।
प्रसिद्ध नाम : स्वर्गद्वारी महाप्रभु
सन्न्यास नामः हंसानन्द गिरि परमहंस
आविर्भाव (जन्म ) : वि.सं. १९१६ श्रावण २४ गते सोमबार पुत्रदा एकादशी
मातापिता : श्वेता कुमारी तथा अनिरुद्ध गौतम खत्री गोत्र :अत्रि
बालककालको नाम : नारायण गौतम खत्री
जन्म स्थान: रोल्पाको रुन्टी
ज्ञान गुरु : भगवान शिव एवं उच्च योगीहरू
सन्यास गुरु : सच्चिदानन्द गिरि
स्वर्गद्वारी आगमन : वि.सं. १९५१
विश्व शान्तिका लागि अखण्ड महायज्ञको स्थापना: १९५२ वैशाख पूर्णिमा
महाप्रस्थान ( स्वधाम गमन ) : वि.सं. १९९७ मंसिर १७ गते सोमबार मार्ग शुक्ल चतुर्थी तिथि
योगदान :
१.राणा कालमा नै भएपनि गुरुकुल स्थापना गरि शिक्षाको क्षेत्रमा अतुलनीय योगदान ।
२.अखण्ड यज्ञको स्थापना गरि विश्व शान्ति र पर्यावरण संरक्षणमा कार्य जुन यज्ञ १३० वर्ष देखि अखण्ड रूपमा चलिरहेको छ ।
३.हजारौं असहाय नारीको सम्मान र संरक्षण ।
४.अन्न क्षेत्र स्थापना गरि गरिब दु:खीको सेवा ।
५.योग, ध्यान र यज्ञ संस्कृतिको माध्यमबाट तिब्बत ,चीन ,बर्मा ,भारत र भूटान आदि देशहरूमा नेपालको प्रतिष्ठा बढाउने काम गर्नु भएको छ ।
६.राष्ट्रिय एकता विकास :
राष्ट्रिय एकतालाई मजबुत पार्ने गरि नेपाली संस्कृति र परम्पराको पुर्नजागरण गराउनुभएको छ ।
७. नेपालमा सन्न्यास धर्मको पुर्नस्थापना ।
८. सनातन वैदिक धर्मको पुर्नविकास र संरक्षण ।
९ . भगवान कृष्णले जस्तै गौसेवा र गौ महिमाको स्थापना ।
१०. कर्मयोगका अनुपम उदाहरण ।
११. सामाजिक कु-प्रथाको विरोध ।
१२ . नेपालमा सामाजिक र अध्यात्मिक जागरण गर्दै शिक्षा ज्ञान सदुपदेश प्रदान गर्नुभएको छ ।
१३. भगवान श्रीरामले मर्यादा पुरुषोत्तमको भूमिका निभाए जस्तै उहाँले पनि मर्यादा पालन गर्नुभएको छ ।
१४ .भगवान गौतम बुद्धले जस्तै ज्ञान र ध्यानको प्रचार गर्नुभएको छ ।
१५. महाप्रभुले सनातन परम्परा भित्र रहेका वैष्णव, शैव, शाक्त, बौद्ध, किराँत ,बोन लगायतका विभिन्न प्रकारका सम्प्रदायहरु बीचमा एकता र समन्वय गराउने कार्य गर्नुभएको छ ।
(स्वर्गद्वारी आश्रमको फेसबुक पेजबाट)
