> समाज > आज साउने सङ्क्रान्ती पर्व मनाईँदै


आज साउने सङ्क्रान्ती पर्व मनाईँदै

प्यूठान । आज साउन १ गते साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।

 

अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छाला सम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने पनि गरिन्छ ।

 

साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चुरा लगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन् ।

 

साउन महिनामा विशेषगरी हरियो कपडा, चुरा बढी बिक्री हुने गरेको छ। यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन्।