समाज

आज १४ फेव्रुअरी, विश्वभर प्रेम साटासाट गरी प्रणय दिवस मनाइँदै

प्यूठान । आज ‘भ्यालेन्टाइन डे’ अर्थात्  प्रणय दिवस । आज विश्वभर प्रेम र सम्बन्धको उत्सवका रूपमा ‘भ्यालेन्टाइन डे’ मनाइँदै छ । हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने यो दिन मनाइन्छ ।

 

प्रणय दिवस विशेष गरी युवापुस्तामाझ निकै लोकप्रिय छ । आजको दिन प्रेमी–प्रेमिका, दम्पती तथा साथीहरूबीच शुभकामना साटासाट, उपहार आदान–प्रदान र विशेष भेटघाट गर्ने चलन छ । पछिल्ला वर्षहरूमा यो दिवस केवल एक दिनमा सीमित नरही सामाजिक तथा सांस्कृतिक रूपमा स्थापित पर्वकै रूपमा विकसित हुँदै गएको छ ।

 

यस अवसरमा प्रेमी–प्रेमिकाले एकअर्कालाई फूल, कार्ड, चकलेट तथा विविध उपहार आदानप्रदान गर्दै आफ्ना भावना अभिव्यक्त गर्ने गर्ने चलन बढ्दो छ। रेस्टुरेन्ट, क्याफे, सपिङ मलदेखि सार्वजनिक स्थलसम्म विशेष सजावट देखिन थालेका छन् भने सामाजिक सञ्जालहरू प्रेमिल सन्देश, तस्बिर र भिडियोहरूले भरिएका छन्। डिजिटल प्रविधिको बढ्दो प्रभावसँगै ‘भ्यालेन्टाइन डे’ मनाउने शैली पनि आधुनिक र आकर्षक बन्दै गएको छ।

 

नेपालमा पनि यो दिवस पछिल्लो समय निकै उत्साहका साथ मनाइँदै छ ।  ‘भ्यालेन्टाइन डे’ आउनु पहिले नै सप्ताहाव्यापी रुपमा मनाइने गरिन्छ। फेब्रुअरी ७ देखि सुरु हुने यस सप्ताहमा ‘रोज डे’, ‘प्रपोज डे’, ‘चकलेट डे’, ‘टेडी डे’, ‘प्रमिस डे’, ‘किस डे’ र हग डे हुँदै अन्ततः ‘भ्यालेन्टाइन डे’ मनाइन्छ ।

Related Articles

Back to top button