> समाज > लायन्स क्लब फुलबारीको आयोजनामा खैरामा निशुल्क आँखा उपचार शिबिर


लायन्स क्लब फुलबारीको आयोजनामा खैरामा निशुल्क आँखा उपचार शिबिर

प्यूठान । लायन्स क्लब अफ फुलवारीले शनिवार खैरामा नि:शुल्क आँखा उपचार शिबिर संचालन गरेको छ ।

 

नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारको प्राबिधिक सहयोगमा शिबिर संचालन गरिएको हो ।

 

शिबिरबाट २०२ जनाले उपचार सेवा लिएका छ्न । यी मध्य १३ जनालाई अप्रेशनका लागि जेठ २९ गते आँखा उपचार केन्द्र बिजुवार र ६ जनालाई भैरहवा रिफर गरिएको छ ।

 

शिबिरको सुरुवात १०४ बर्षिय कबिराम बैद्दिकको आँखा जाँचबाट गरिएको हो ।

 

फुलबारी एकीकृत ग्रामीण बिकास संस्था, फुलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेड र फुलबारी सामुदायिक सिकाइ केन्द्र र प्यूठान नगरपालिका वडा नं. १ को सहकार्यमा शिबिर सम्पन्न गरिएको हो ।

क्लबका अध्यक्ष निर्मला पोख्रेलको अध्यक्षता, प्यूठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगिको प्रमुख आतिथ्यतामा भएको उद्घाटन सत्रमा स्वागत मन्तब्य छन्द बहादुर बस्नेत र संचालन नेत्रमणी आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *