प्यूठान, २६ कात्तिक। झिमरुक गाउँपालिका वडा नं २ बादिकोटमा शुभ दिपावलीको अवसरमा खुल्ला भलिबल प्रतियोगिता सञ्चालन भएको छ ।
सुशासन युवा क्लबको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन श्रेष्ठले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै श्रेष्ठले खेलकुद क्षेत्रलाई नयाँ ढंगले विकास गनुपर्ने बताउनुभयो । जिल्लामा विभिन्न खेलहरु सञ्चालन गरी राष्ट्रिय रुपमा चिनिने खेलाडीहरु उत्पादन गनुपर्ने बताउनुभयो । खेल क्षेत्र आफैमा राम्रो भएकाले राज्यले पनि यस क्षेत्रमा लगानी गरेको समेत उहाँको भनाई थियो ।
क्लबका अध्यक्ष प्रकाश एमसीको अध्यक्षता , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियुका केन्द्रिय सदस्य श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य एवं झिमरुक गाउँपालिका कमिटीका अध्यक्ष झक बहादुर जिसी, युवा समाजसेवी मिलन एमसी, समाजसे उमाराम पोख्रेल, धनिराम जैसी, यूवा समाजसेव मोहन परियार, खड्कबहादुर थापा, सर्वोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक लालबहादुर एमसी, शिक्षक रमेश थापा युवा विद्यार्थी एवं खेलाडीहरुको उपस्थितीमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।
भलिबल प्रतियोगितामा ८ वटा टिमको उपस्थिती रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार रुपियाँ मेडल र प्रमाणपत्र, दृतिय हुनेलाई १० हजार रुपियाँ , मेडल र प्रमाणपत्र पाउनेछन् । दर्ता भएको एक महिना भएको क्लबले पहिलो पटक प्रतियोगिता सञ्चालन गरेको क्लबका अध्यक्ष एमसीले बताउनुभयो । खेल भोलीसम्म चल्ने आयोजकले जनाएको छ
