> राष्ट्रिय > बालि संरक्षण गर्न बनाएको बम नेपाली सेनाद्धारा निस्कृय


बालि संरक्षण गर्न बनाएको बम नेपाली सेनाद्धारा निस्कृय

प्यूठान । बालि संरक्षणका लागि किसानले घरमै बनाएको बमलाई नेपाली सेनाले आईतबार विहान निस्कृय गरेको छ । मल्लरानी गाउँपालिका–३ धरम्पानीछेडा थापा टोलामा भेटिएको दुई वटा बम निस्कृय पारेको हो ।

 

बर्दबहादुर गण खलंगाबाट खटिएको मेजर (सेनानी) राम कुमार रोक्का नेतृत्वको टोलीले विहान १०ः४५ बजेको समयमा बम निस्कृय गरेको हो । जंगली जनवारबाट बालि जोगाउन स्थानीयले बम प्रयोग गर्ने गरेको भेटिएको छ ।

 

स्थानीयले बारीमा प्रयोग गर्ने गरेको तीन वटा बम शनिवार दिउँसो एक बालकले घरको आँगनमा खेलाउने क्रममा विष्फोट हुँदा घाईते भएका छन् । ११ वर्षिय शौरव अधिकारी घाईते भएका हुन् । खुट्टामा चोट लागेका उनको बुटवलमा उपचार भैरहेको छ ।

 

सक्रिय दुई वटा बमलाई नेपाल प्रहरीले सुरक्षा दिई राखेको थियो । नेपाली सेनाको टोलीले बमलाई सुरक्षित स्थानमा लिएर निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक निरन्जन रिजालले बताउनुभयो ।

 

स्थानीय मोहन बहादुर के.सी.लाई पक्राउ गरी प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ । बालि संरक्षणका लागि बम प्रयोग भएको घटना सम्भवत जिल्लामा पहिलो हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *