प्यूठान । नेकपा (माओवादी केन्द्र)का उपमहाचिव वर्षमान पुनले समाबेशी लोकतन्त्रलाई परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
ब्यबस्था बदलियो अब अवस्था बदल्नुपर्ने आवश्यकता रहेको भन्दै उहाले लोकतन्त्रलाई सर्भिसिङ्ग गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । सोमबार जुम्रीमा पत्रकारहरुसङ्ग कुरा गर्दै उहाले सरकारले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
उहाले बिश्वबिद्धालयहरु स्वायत्त बनाउन गुण र दोषका आधारमा कुलपति नियुक्त हुनुपर्ने धारणा राख्नुभयो ।
पुर्ब अर्थमन्त्री समेत रहनुभएका उहाले अर्थतन्त्र लयमा आउन लागेकोले सरकारले बिचौलियालाइ प्रोत्साहन गर्नेखालका राजनीतिक नियुक्ति गर्ने गरेको आरोप लगाउनुभयो ।
कालो धनीलाई सेतो बनाउन सहकारीहरु दुरुपयोग भएको भन्दै पुर्ब अर्थमन्त्री पुनले बचत तथा ऋण सहकारीहरु नियमन गर्ने अधिकार सम्पन्न निकाय बनाउनुपर्ने बताउनुभयो ।
पार्टीको पालिका अधिबेशनको शिलशिलामा उहाँ प्यूठान आउनुभएको हो ।
