प्यूठान । न्यू एकीकृत सहयोगी कृषि पशुपंक्षी तथा बाख्रापालन समुह प्यूठानले व्यवसाहिक उन्नत बाख्रापालनबाट मासु उत्पादन आयोजना कार्यान्वयन समितिले बोलपत्र आव्हान गरे पनि फारम विक्रि गर्न आनाकानी गरेको छ ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर कार्यालय वुटवलको सहयोगमा १७ वटा बाख्राको खोर र १ वटा संकलन केन्द्र निर्माणका लागि समुहले बोलपत्र आव्हान गरेको हो । फारम खरिद गर्न बोलपत्रदाताले समुहको कार्यालय खोज्दै प्यूठान नगरपालिका–१० मरन्ठाना पुगे पनि फारम दिन नमिल्ने भन्दै प्रितम के.सी.ले फिर्ता पठाएको गुनासो छ ।
उक्त प्रक्रिया बदर गर्न भन्दै निर्माण व्यवसायी संघ प्यूठानले जिल्ला प्रशासन कार्यालय प्यूठानमा उजुरी गरेको छ । अवैधानिक प्रक्रिया बदर गर्न संघले माग गरेको छ ।

आफ्नो मोवाइल पानीमा खसेकोले सम्पर्क नभए पनि खरिद प्रक्रिया अघि बढ्ने समुहका अध्यक्ष विश्व केसीले बताउनुभयो । आफु काठमाण्डौंमा भए पनि समुहले समिति गठन गरेर खरिद प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर कार्यालय वुटवलका प्रवक्ता हरिप्रसाद पाण्डेले प्रक्रियाको बारेमा समुहलाई सचेत गराउने बताउनुभयो ।
